भारतीय पर्यटक चढेको बस दाङमा दुर्घटना हुँदा २१ जना घाइते

रूपन्देही । भारतीय पर्यटक चढेको बस दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

भारतको लखनउबाट भ्रमणका लागि पोखरा जाँदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको गाडी कोइलाबास लमही सडक खण्डको गढवा गाउँपालिका–५ चिसापानीमा दुर्घटना हुँदा २१ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालिका कार्कीले जानकारी दिइन् ।

चिसापानीको ओरालोमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २५ जना यात्रु सवार थिए । घाइतेहरूलाई उपचारका लागि लमही अस्पताल लगिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *