कर्मचारी ट्रेड युनियन सञ्जालले राज्य व्यवस्था समितिमा ११ बुँदे मागपत्र बुझायो

काठमाडौं । संघीय निजामती ऐन जारी गर्नुपर्ने मुख्य मागसहित संघर्ष थालेका निजामती कर्मचारी आवद्ध संघ संगठनले राज्य व्यवस्था समितिको ध्यानाकर्षण गराएको छ ।

समिति सभापति रामहरि खतिवडालाई भेटेर निजामती आवद्ध ६ वटा ट्रेड युनियन सञ्जालका नेताले ज्ञापन पत्र बुझाएका हुन् ।

यसअघि भएका सहमति, अदालतको आदेश कार्यान्वयन उनीहरूको मूख्य माग छ । ट्रेड युनियनहरूले ११ बुँदे माग बुझाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीय ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भुमरीमा परेको उनीहरूको भनाइ छ ।

ऐन निर्माण गर्दा विगतमा पेश गरिएका ८५ बुँदे माग, २०७८ माघ १२ गते सर्वोच्च अदालतले संघीय निजामती सेवा निर्माण गर्दा पालन गर्नु पर्ने निर्देशनात्मक आदेश र स्थानीय तहका कर्मचारीको आन्दोलन पश्चात नेपाल सरकार र राष्ट्रियस्तरका ट्रेड युनियनबीच २०८० असोज २७ गते भएको सम्झौतामा उल्लेख भएका मागहरू समावेश गर्न पुन: संवाद गरी विधेयक समितिको सुझावसहित प्रतिनिधिसभाको प्रथम बैठकभन्दा अगावै पेश गर्न उनीहरूको माग छ ।

मागहरूप्रति सरकार र संसद उदासिन भई सुनुवाइ नगरे संयुक्त ट्रेड युनियन सञ्जालको तर्फबाट थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने र त्यसको जिम्मेवार संसद र सरकार हुने चेतावनी दिइएको छ ।

आजै कानूनमन्त्री अजयकुमार चौरसियालाई उनीहरूले ज्ञापन पत्र बुझाएका छन् । मुख्यसचिव एकनारायण अर्याललाई पनि उनीहरूले भेट्ने कार्यक्रम छ ।

Comments

3 responses to “कर्मचारी ट्रेड युनियन सञ्जालले राज्य व्यवस्था समितिमा ११ बुँदे मागपत्र बुझायो”

  1. ksp pyl Avatar
    ksp pyl

    निजामती विधेयक अड्काउने मुख्य नाईके नै वहाँ हो ।अहिले कर्मचारी साथीहरूले सही मान्छे समात्नुभएछ ।अरू मन्त्री खत्तम, आरजू मात्र महान भनेर चाकडी भजाउने, आफ्नो काम माखो नमार्ने, मुख्य पेशा अरूका कुरा काटने यस्ता मान्छेलाई सभापति दिनै हुँदैन ।आऊँदो अधिवेशनबाट ५ दिनमा निजामती र शिक्षा विधेयक पास नगरे यिनलाई बाटोमा हिडन पनि नदेउ ।

  2. subedi Avatar
    subedi

    निन्द्राबाट बल्ल विउझेछन् सोल्टीहरु ।

  3. Babu Ram Gautam Avatar
    Babu Ram Gautam

    नेताज्यूहरुलाई थाहा छ, छैन !
    कर्मचारी बढुवाको व्यवस्था गर्दा नेताज्यूहरुले निम्न कुरामा ध्यान दिनुपर्छ । के यसलाई निरन्तरता दिने हो त ?
    १. जिम्मेवारी दिदा जेष्ठ कर्मचारीलाई कनिष्ठ कर्मचारीका मातहतमा राखिएको छ । अ
    २. अफिसको काम छाडेर पढ्न सदरमुकाम वा राजधानी धाउने प्रथा बन्द गर्नुपर्छ । उपसचिवदेखि नै खुला परीक्षा बन्द गरी अनुभव र कार्यदक्षतालाई आधार बनाउनुपर्छ ।
    ३. कसैलाई काखा र पाखा पारिएको छ, कसैलाई भित्तैमा पुग्ने गरी अपमानित गरिएको छ । कुनै सेवा वा समूह विशेषलाई मात्र हालिमुहाली गर्ने मौका दिइएको छ ।
    ४. दुर्गमको अनुभवको अङ्क १०-१२ वर्षमा नै पुरा हुने बनाइन्छ जबकि सुगममै बसे पनि त्यो अङ्क पुरा हुन्छ । बढुवा हुन १५-१८ वर्ष लाग्छ । १२ वर्ष पछि दुर्गमको अनुभव जोडिदैन । जो सुगममा बस्छ उसकै बढुवा हुन्छ ।
    ५. कुनै कर्मचारी दुर्गममै घरपायक बसे पनि दुर्गमको अनुभव बापत अङ्क पाउँछ र तर घरबाट टाढा बसी गरेको जागिरको मुल्याङ्कनलाई कुनै फरक गरिएको छैन ।
    ६. कहिल्यै काम गरेको देख्न नसक्ने काठमाण्डौमा बस्ने पदाधिकारीलाई मूल्याङ्कनको जिम्मा दिइएको छ । के चाकडी मूल्याङ्कनको आधार हो त ?
    ७. पढाइको योग्यतामा उपल्लो श्रेणी र तल्लो श्रेणीबिच फरक अङ्क थप्ने व्यवस्था छैन ।
    ८. तलब अनुपात मिलेको छैन धेरैजसो पदमा बढुवा भएपछि हुने तलब मानमा कुनै फरक रहेको छैन ।
    त्यसैले,
    1. ऐनमा नै ‘जिम्मेवारी दिदा जेष्ठ कर्मचारीलाई कनिष्ठ कर्मचारीका मातहतमा राखिने छैन’ भन्ने उल्लेख हुनुपर्छ ।
    2. निजामतीका सबै सेवाको सम्मान हुनुपर्छ ।
    3. सबै सेवामा बढुवा हुने सम्भावना समान हुने गरी पद संरचना तयार गर्नुपर्छ । उत्प्रेरणाका लागि कुनै कर्मचारीको बढुवा नभए पनि प्रत्येक वर्ष ग्रेड थपिने कुरा सुनिश्चित हुनुपर्छ ।
    4. वस्तुगत अर्थ राख्ने पढाइको योग्यतालाई अङ्क दिनुपर्छ ।
    5. अहिले पनि समान तहमा रहेकामध्ये एक जनालाई कार्यालय प्रमुख बनाइएको छ । यसरी पद पाउने व्यक्तिलाई अतिरिक्त सचिव बनाउदा सिनियरको अन्डमा रहने र मूल्याङ्कन पनि गर्न पाउने अवस्था हुन्छ । यसरी कामको मूल्याङ्कन नजिकको पदाधिकारी र सेवाग्राहीबाट गरिनु राम्रै हो ।
    6. दुर्गमको अनुभव कुनै एक तहमा मात्र होइन जागिरको अन्तिम अवधिसम्म जोडिने हुनुपर्छ ।
    7. दुर्गममै घरपायक बसे दुर्गमको अनुभव बापत आधा अङ्क दिनुपर्छ । नमागेको र घरपायक नभएको स्थानमा काम गरेको भए दोब्बर अङ्क दिनुपर्छ । अनुभव र दुर्गमको अङ्क २० वर्षमा पनि पुरा नहुने गरी विभाजन गर्नुपर्छ ।
    8. जागिर प्रवेशको योग्यता मिले जुनसुकै स्थान अर्थात सङ्घ, प्रदेश वा स्थानीय तहका जुनसुकै सेवामा भए पनि बढुवामा उम्मेदवार हुन पाउने व्यवस्था गरिनुपर्छ ।
    9. उत्प्रेरित हुने गरी तलब अनुपात मिलाउनु पर्छ । सबै पदमा बढुवा भएपछि हुने तलब मानमा केही फरक हुने गरी व्यवस्था गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *