पाकिस्तानको ८५ औं राष्ट्रिय दिवस मनाइयो काठमाडौंमा

काठमाडौं । काठमाडौंको होटल सोल्टीमा पाकिस्तानको ८५ औं राष्ट्रिय दिवस मनाइएको छ ।

अप्रिल १५ मा आयोजित कार्यक्रममा उपराष्ट्रपति राम सहाय यादव प्रमुख अतिथि थिए ।

यस्तै, उच्चस्तरीय सहभागिता जनाउनेहरूमा उपसभामुख इन्दिरा राना मगर, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायत थिए ।

कार्यक्रममा ‘अ ग्लेन्स अफ पाकिस्तान’ नामको फोटो प्रदर्शनी पनि भएको थियो ।

कार्यक्रममा बोल्दै नेपालका लागि पाकिस्तानी राजदूत अबरर एच. हसमीले राष्ट्रिय दिवसको चर्चा गरे ।

उनले नेपाल र पाकिस्तानको जलवायु, विपत् व्यवस्थापन , शिक्षा, स्वास्थ्य, सुरक्षा आदिमा भएको सहकार्यको पनि चर्चा गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *