पूर्वराजाले समाजलाई विशाक्त बनाउन खोजे जनताले माफी दिने छैनन् : गोकुल बास्कोटा (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा राजतन्त्रको च्याप्टर क्लोज भइसकेको बताएका छन् ।

प्रेस चौतारी नेपाल काभ्रेले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राजतन्त्रको च्याप्टर आजभन्दा १८ वर्षअघि नै क्लोज भइसक्यो । अब इतिहासको पांग्रा पछाडि फर्किँदैन ।’

नेपाल लोकतन्त्रको राजमार्गमा यसका कमजोरी र बलसरी गुणहरूलाई थप व्यवस्थित, परिमार्जित र दृढ भएर नेपाली समाजलाई अगाडि बढाउनको लागि दृढतापूर्वक उभिने उनले बताए ।

बास्कोटाले भने, ‘लोकतन्त्रमा आफ्नो विचारहरू राख्न पाउँछन्, पूर्वराजाले पनि एउटा नागरिकको रूपमा कुनै एउटा विचार राखेका छन् भने त्यसप्रति हाम्रो आपत्ति छैन । तर, त्यो विचार समाजलाई विशाक्त बनाउने, जनताको अधिकारहरू खोस्ने र इतिहासको गतिलाई उल्टो दिशातर्फ फर्काउन खोज्ने दुष्प्रयत्न हो भने त्यसले जनताले कहिल्यै माफी दिने छैनन् ।’

Comments

2 responses to “पूर्वराजाले समाजलाई विशाक्त बनाउन खोजे जनताले माफी दिने छैनन् : गोकुल बास्कोटा (भिडिओ)”

  1. नारायण Avatar
    नारायण

    नेता ज्यु राजाले गद्दी छोडेको दुई दशक भैसकेको छ
    अब त्यतातिर देखाएर हामी चोखो हुन पाइदैन है
    के के मा सुधार गर्नुपर्ने हो
    सबैभन्दा पहिला नेकपा एमालेले गरोस्
    हामीलाई निराश न बनाइयोस
    मैले त्यसै यसो भनिरहेको छैन
    मेरो भन्ने अधिकार छ
    किनभने
    म पनि एक मतदाता हु
    नेकपा एमाले को

  2. manaia thompson Avatar
    manaia thompson

    taile dakarda pani nadakari kan khayeko 70 karod paisa tir. khadgeko lagauti jatha

Leave a Reply

Your email address will not be published. Required fields are marked *