काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई यतिबेला गृहजिल्ला गोरखामा छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईको पछिल्लो समय गोरखा बसाइ बाक्लिँदो छ ।
उनले गोरखामा रहेको आफ्नै बारीमा मिनी पावर टिलर (ट्याक्टर) ले जोत्दै गरेको भिडिओ फेसबुकमा सेयर गरेका छन् । अझै ६० प्रतिशत घरपरिवार कृषिमा जोडिएको बर्षेनी चार खर्ब रूपैयाँ बराबरको कृषिजन्य वस्तु आयात गर्नु विडम्बनापूर्ण भएको उनको भनाइ छ ।
उनले भनेका छन्, ‘अझै ६० प्रतिशत घरपरिवार कृषिमा जोडिएको देशमा १० लाख हेक्टर अर्थात ४० प्रतिशत खेतियोग्य जमिन बाँझो बस्नु, पचासौं लाख श्रमशक्ति विदेश पलायन हुनु, वर्षेनी चार खर्ब रूपैयाँ बराबरको कृषिजन्य वस्तु आयात गर्नु विडम्बनापूर्ण छ ।’
वैज्ञानिक भूमिसुधार र कृषिको तीव्र आधुनिकीकरणविना समृद्धिको कुरा ‘सम्धीको गफ’ मात्र हुने व्यवहारबाट पुष्टि भइरहेको भन्दै यसलाई बदल्न सबैले आ-आफ्नो ठाउँबाट प्रयास गर्न भट्टराईले आग्रह गरेका छन् ।

Leave a Reply