शिक्षकको माग सम्बोधन गर्न प्रधानमन्त्रीले जिम्मेवारी बोध गर्नुपर्छ, चाँडै सदन बोलाउन सकिन्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरुको माग सम्बोधन गर्न सरकार जिम्मेवार हुनुपर्ने बताएका छन्। आन्दोलनरत शिक्षकहरुलाई कक्षाकोठामा फर्काउनको प्रधानमन्त्री र मन्त्रीहरुले जिम्मेवारी बोध गर्नुपर्ने बताए।

शिक्षक आन्दोलन लम्बिँदा शैक्षिक सत्रलाई प्रभावित पार्नसक्ने भएकाले आजै मन्त्रिपरिषद्को बैठक राखेर केही निर्णयहरु गर्न आग्रह गरे।

एक भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘शिक्षकले राखेका कतिपय मागका विषयलाई कानून नबनाइ हल गर्न सकिन्छ। मन्त्रिपरिषद्ले निर्णय गर्ने विषयहरु, करिब १५ वटा छन्। शिक्षकहरुको मर्यादाक्रम, स्वास्थ्य उपचार, दरबन्दी मिलान, विद्यालय कर्माचारीको कुरा, राहतको बिदा सञ्चितिजस्ता विषय हामीले गर्नेपर्छ। त्यसका लागि केही स्रोत साधन जुटाउनुपर्छ। यो आजै मन्त्रिपरिषद् र मन्त्रालयहरुले निर्णय गर्न सक्छ।’

कानून निर्माणको विषयमा सरकारले अब चाँडै संसद अधिवेशन बोलाउनुपर्ने बताए।

Comments

One response to “शिक्षकको माग सम्बोधन गर्न प्रधानमन्त्रीले जिम्मेवारी बोध गर्नुपर्छ, चाँडै सदन बोलाउन सकिन्छ: गगन थापा”

  1. ksp pyl Avatar
    ksp pyl

    यो फेरि आजभोलि जता पनि हिरो पल्टिन जे पनि बोल्दै हिडेको छ । दाङमा हिन्दी सिनेमाका भिलेनले कुनै कर्तुत गर्न गाडीका लावालस्कर लगाएर गुण्डा लिएर गएर मान्छे मारेर फर्किएजस्तै गाडीका लस्कर लिएर स्टण्ट गर्नेले फुर्ति लगाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *