भारतले डिजाइनमा संघीयता लादियो, कांग्रेस र एमाले पनि पक्षमा थिएनन्: चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता भारतको डिजाइनमा लादिएको दाबी गरेका छन्।

संघीयताविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै संघीयता नेपालको आवश्यकता र चाहना पनि नभएको बताए।

उनले भने, ‘संघीयताले आज देखाएको स्वरूप देखेर हामीले सङ्घर्ष गरेका होइन। भारतीय साम्राज्यवादको डिजाइन संविधान सभाको चुनाव नहुँदै नेपाललाई नेपाललाई संघीय प्रणालीमा लानुपर्छ भनेर नेपालका ठूला पार्टीहरूलाई अन्तरिम संविधानमा संघीयता घुसाइदिए। नेपालमा संघीय प्रणालीमा लैजाने कि एकात्मक प्रणालीमा लैजाने भन्ने त संविधान सभाको अधिकार हो नि। संविधान सभाले गर्दैन भनेर पहिले नै अन्तरिम संविधानमा घुसाइदिए, विदेशीहरूले खास गरी भारतले।’

इन्डियाले जबरजस्ती सङ्घीयताको भारी बोलाएपछि कांग्रेस र एमालेले सकिँदैन भन्ने आँट गर्न नसकेको स्वीकार गरेको जिकिर गरे।

उनले भने, ‘भारत हमेसा काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको भूभाग २० वटा जिल्ला हिमाल र पहाडबाट अलग गर्ने र त्यसलाई छुट्टै मधेश प्रदेश बनाउने, सङ्घीयताको पछाडि मूल्य रहस्य यहाँ छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *