कैलालीमा ७ वर्षीया बालिकामाथि विद्यालयमै घृणित हर्कत, १४ वर्षीय किशाेर पक्राउ

कैलाली । कैलालीमा एक नाबालिगमाथि विद्यालयमै जबरजस्ती करणी भएको छ । टीकापुर नगरपालिका-४ मा रहेको राम जानकी इंग्लिस बोर्डिङ स्कुलमा यूकेजीमा अध्यनरत ७ वर्षीया ती नाबालिकामाथि बलात्कार भएको इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी नवीनराजा बुढाथोकीले बताए ।

बलात्कारमा संलग्न आरोपमा सोही विद्यालयमा ९ कक्षामा अध्ययनरत १४ वर्षीय किशोर पक्राउ परेको बुढाथोकीले बताए ।

पीडितकी आमाले दिएको किटानी जाहेरीका आधारमा किशोरलाई ११ चैतमा पक्राउ गरिएको हो । घटना भने ६ चैतको भएको प्रहरीले जनाएको छ । बालिकाको गुप्ताङ्गबाट रगत बगेर उपचारका लागि अस्पताल लगेपछि जबरजस्ती करणीको रहस्य खुलेको थियो ।

मेडिकल रिर्पोट र बालिकाको बयानका आधारमा उनकी आमाले इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् प्रहरीले पीडितको जाहेरीका आधारमा आरोपित किशोरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *