बैतडीको पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियु नेतृत्वको प्यानल नै विजयी, सभापतिमा भण्डारी निर्वाचित

बैतडीको पाटन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल  नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ  । सभापतिमा अनेरास्ववियुका सञ्जय भण्डारी विजयी भए  ।

भण्डारी १०५ मतका साथ सभापति पदमा विजयी हुँदा उनका प्रतिस्पर्धी जनजागरण स्वतन्त्र विद्यार्थी युनियनका गौतम प्रसाद अवस्थीले ५६ मत प्राप्त गरे भने नेविसंघका माधवी भट्टले १६ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृत उत्तम भण्डारीले जानकारी दिए।

सचिवमा अखिल क्रान्तिकारीका प्रकाश भट्ट विजयी भए  । उनले ९२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी जनजागरणकी कमला भट्टराईले ५६ मत ल्याइन । कोषाध्यक्षमा अनेरास्ववियुका गजेन्द्र चुनाराले १०७ मत ल्याउदै विजयी भएका हुन भने उनका  प्रतिस्पर्धी  जनजागरणका दिनेश भट्टले ४९ मत ल्याए ।

त्यस्तै सदस्यमा सन्तोश जोशी (१०४), यमुना पेला (९५), कविता कुमारी महरा (९५) र यशोदा ऐरी (९४) मतका साथ बिजयी भएका हुन ।

पाटन बहुमुखी क्याम्पसमा १८१ मत खसेका थिए ।

गत निर्वाचनमा राम्रो मत परिणामका साथ निर्वाचित भएको नेविसंघ अहिलेको निर्वाचनमा तेस्रो स्थानमा झरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *