तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न थप एक जना पक्राउ

काठमाडौं । प्रहरीले चैत १५ गते राजावादीहरुको आन्दोलनको क्रममा तीनकुने क्षेत्रमा आगजनी तथा तोडफोडमा संलग्न थप एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी परिसर काठमाडौंका अनुसार ललितपुर महानगरपालिका– २७ बस्ने ५३ वर्षीय कमलकुमार विष्टलाई नियन्त्रणमा लिइएको हो ।

उनले चैत १५ गते राजावादीहरुको आन्दोलनको क्रममा तीनकुने क्षेत्रमा आगजनी र तोडफोड गर्नुका साथै नेपाललाई श्रीलंका र बंगलादेश जस्तो बनाउने अभिव्यक्ति दिएको आरोपमा विष्टलाई पक्राउ गरी आपराधिक उपद्रव कसुरमा म्याद थपसमेत गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २० दिनको मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विष्टले कमल विष्टको नामको फेसबुक आईडीबाट नेपाल ‘श्रीलंका, बंगलादेशको मोडलमा अगाडि बढ्नुपर्छ’ भन्ने जस्ता उत्तेजक अभिव्यक्तिहरु उनको फेसबुक पेजमा लेखी विभिन्न व्यक्तिहरुलाई ट्याबसमेत गरेको पाइएको छ ।

Comments

One response to “तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न थप एक जना पक्राउ”

  1. manaia Thompson Avatar
    manaia Thompson

    आफै बोक्सि आफैँ झाँक्री भनेको यहिनै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *