हजुरआमाको चप्पल खोज्न नदीमा पसेका दिदीभाइको मृत्यु

चितवन । नारायणी नदीमा बेपत्ता दिदीभाइ दुवैजनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

पूर्वीनवलपरासीको गैँडाकोट नगरपालिका-१ स्थित नारायणी नदीमा मंगलबार साँझदेखि उनीहरू हराएका थिए ।

१३ वर्षीया दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वप्निलको शव गोताखोरको टोलीले ३५ फिट र ५० फिट गहिराइबाट आज दिउँसो शव निकालेको एपीएफका डीएसपी शैलेन्द्र थापाले बताए ।

हजुरआमासँगै ब्रिटिसक्याम्प गएका उनीहरूको हजुरआमाको चप्पल नदीमा खसेको र चप्पल खोज्न भन्दै नदीमा हेलिएका थिए । भंगालोमा परेपछि उनीहरू बाहिर निस्कन सकेनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *