जयगढ आगलागी प्रभावितलाई प्रदेश र स्थानीय तहको सहयोग

कैलाली । भीषण आगलागीबाट प्रभावित अछाम जयगढका लागि स्थानीय तथा प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले तत्कालको लागि ५० लाख उपलब्ध गराउने निर्णय गरेको हो।

मुख्यमन्त्री कमल बहादुर शाहले तत्कालको लागि ५० लाख रुपैयाँ अछामको बान्निगढी जयगढ गाउँपालिकालाई प्रदेश विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने जानकारी दिए । अन्य राहत र व्यवस्थापनमा पनि प्रदेश सरकारले चासो दिएको मुख्यमन्त्री शाहको भनाइ थियो।

मानवीय साहायता सम्बन्धी मापदण्ड बनाई सम्बन्धित पालिकाले राहत उपलब्ध गराउने गरी प्रारम्भिक क्षतिकोको विवरणका आधारमा प्रदेश सरकारले तत्कालको लागि ५० लाख उपलब्ध गराउने निर्णय गरेको हो।

त्यस्तै बान्नीगढी जयगढ गाउँपालिकाको पनि ६ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले आगलागीबाट विस्थापित भएकाहरूलाई तत्काल राहत उपलब्ध गराउन ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

उनीहरूलाई अस्थायी रूपमा खाद्यान्न र आवासको व्यवस्थापन गर्न हाललाई ६ लाख दिने र थप व्यवस्थापनका लागी आवश्यक निर्णय गर्न केहिबेरमा कार्यपालिका बैठक बोलाइएको गाउँपालिका अध्यक्ष साउँदले बताएका छन् ।

हिजो साँझदेखि लागि जयगढ बजारमा लागेको आगलागीबाट २७ वटा घर जलेका छन् । ३० घर प्रभावित भएका छन् भने सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो ।

साँझ ७ः २० बजेदेखि लागेको आगो मध्यरातमा नियन्त्रणमा आएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *