प्रभु साह नेतृत्वको आजपाले जेठ १५ गते सिंहदरबार घेर्ने

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले जेठ १५ गते सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ ।

पार्टीकाे आज बसेको स्थायी कमिटी बैठकले गणतन्त्र दिवसको अवसरमा सिंहदरबार घेराउ गर्ने निर्णय लिएको अध्यक्ष साहले बताए ।

उनका अनुसार बैठकले चैत २४ गते सम्पन्न खबरदारी र्‍याली तथा तेस्रो जनआन्दोलन कार्यक्रममा भौतिक, आर्थिक र नैतिक रूपमा योगदान गर्ने सबैप्रति विशेष धन्यवाद व्यक्त गरेको छ ।

सरकारले लुट र भ्रष्टाचार मच्चाएको आजपाले निष्कर्ष निकालेकाे छ ।

Comments

One response to “प्रभु साह नेतृत्वको आजपाले जेठ १५ गते सिंहदरबार घेर्ने”

  1. ksp pyl Avatar
    ksp pyl

    दिल्लीका भाडाका टट्टुहरू पनि अनेक नौटंकी गर्छन् । ज्यानमारालाई त्यतिकै छोडदाको परिणाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *