नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि कारबाही माग

रुपन्देही । सिद्धार्थ सञ्जाल, रुपन्देहीले नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारवाही गर्न माग गरेको छ ।

अधिकारीले पटकपटक दिएका नकारात्मक र आपत्तिजनक अभिव्यक्तिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले निरन्तरता पाउन नसकेको भन्दै सञ्जालले कारवाहीको माग गरेको हो ।

सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवाली र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले आइतबार विज्ञप्ति जारी गर्दै रुपन्देही जिल्लामा रहेका उद्योगी-व्यवसायी, पर्यटन व्यवसायीले महसुस गरी अधिकारीले पटकपटक दिएमा नकारात्मक अभिव्यक्तिप्रति सञ्जालले घोर आपत्ति र भ्रत्र्सना गर्दै यथाशीघ्र उनलाई कारवाहीको माग गरेका छन् ।

त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुचारु गर्न सञ्जालको माग छ । अन्यथा शान्तिपूर्ण आन्दोलनमा जान बाध्य हुने अध्यक्ष ज्ञवालीले बताए ।

यता सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित तथा दिगो उडान सुचारु गर्न माग गरेको छ । विमानस्थलबाट नियमित उडान नभए कडा कदम चाल्न बाध्य हुने संघले चेतावनी दिएको छ ।

संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले सोमबार विज्ञप्ती जारी गर्दै पटकपटक ताकेता गर्दा पनि अन्तर्राष्ट्रिय उडानहरु स्थगित हुनुमा आपत्ति र भत्र्सना गर्दै यथाशिघ्र यस विषयमा सरकारको ध्यान केन्द्रीत हुनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्रीहरु र हालको उपप्रधान तथा अर्थमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री र यस क्षेत्रका माननीयहरुको सहभागीता समयसमयमा भएको अन्तरक्रिया कार्यक्रमहरुमा अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिवद्धता जनाएपनि हाल नेपाल एअरलायन्सबोहक अरु सबै एयरलायन्सहरुले उडान स्थगित गरेको अवस्थामा सरकार मौन रहनुमा संघको गम्भीर ध्यानार्कषण भएको छ, ’विज्ञप्तीमा भनिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई मध्यनजर गरी निजी क्षेत्रले समेत अरबौंको लगानी लगाएको अवस्थामा सरकारको कमजोर नीतिका कारण उद्योगी–व्यवसायीहरु धरासायी भएको अध्यक्ष आचार्यले बताए ।

सरकारसँग विभिन्न माध्यमबाट पटकपटक पूर्ण तथा दिगो सञ्चालनका लागि माग भएता पनि विमानस्थल सञ्चालन हुन नसक्नु यस क्षेत्रका लागि दुःखको कुरा भएको उनको भनाइ छ ।

‘राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारको अरबौं लगानीमा सञ्चालित विमानस्थल, आजसम्म पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन’, विज्ञप्तीमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *