पर्यटकीय नगरीमा छैन पर्यटन वर्षको रौनक

विराटनगर । नेपाल भारत सीमामा रहेको पशुपति नगरमा दैनिक २ सय ६० भन्दा बढी भारतीय पर्यटकहरूको ग्रुप आउँछ । एउटा समूहमा कम्तीमा ५ जना हुन्छन् ।

उनीहरूलाई भारतमा रहेका विभिन्न ट्राभल्स एजेन्सीहरूले नेपालको सीमानामा रहेको पर्यटकीय स्थलहरूको भ्रमणका लागि उनीहरूलाई पठाएका हुन्छन् ।

उनीहरू मध्ये धेरै जसो पशुपति नगरमा उत्रिन्छन् । केही चाइनिज सामानहरू, खरिद गर्छन् र भारतीय बाटो हुँदै सन्दकपुर लगायतका पर्यटकीय स्थलको भ्रमणमा गर्छन् ।

होटल एसोसिएसन सूर्योदय न नगरपालिकाका अध्यक्ष प्रज्वल प्रधानका अनुसार यसरी आउने पर्यटकहरूमा मध्ये धेरै चाहिँ रेड पान्डा र चरा हेर्नका लागि आउने गरेका हुन्छन् ।

रेडपाण्डा र चरा हेर्नका लागि इलामका विभिन्न स्थान राम्रा गन्तव्य हुन । तर भारतीय यसरी रेडपाण्डा हेर्न आएका पर्यटक मध्ये ९५ प्रतिशत पर्यटक नेपाल आउँदैनन् ।

उनले भने, ‘सिंह लिला एक्सपिडेनशको सबैभन्दा महँगो प्याकेज रेड पान्डा हेर्ने हो । तर नेपालमा पाइने पान्डा हेर्न नेपाल नै नआई उनीहरू फर्किरहेका छन् । हामीले उनीहरूलाई नेपालको भूमिमा ल्याएर रेडपाण्डा देखाउन सकिरहेका छैनौं ।’

उनका अनुसार नेपाली नीतिका कारण भारतीय ट्राभल्स एजेन्सीहरूले भारतीय पर्यटकहरूका लागि नेपाली प्याकेज नै बनाएका हुँदैनन् । उनले भने, भारतीय पर्यटकलाई गर्न व्यवहार नै ठिक छैन । राज्यको नीति नै भारतीय पर्यटकहरूलाई दुख दिने छ ।

होटल व्यवसायी महासङ्घ कोशी प्रदेशका कोषाध्यक्ष राजन प्रधानले राज्यले नै भारतीय पर्यटकहरूलाई विभिन्न बहानामा दुख दिइरहेको छ । पटके सवारी करका नाममा ट्राफिकले गर्ने व्यवहार र सुरक्षा जाँचका नाममा दिइने सास्तीले पर्यटकलाई अवरोध गरिरहेका छन् ।

इलामको सूर्योदय नगरपालिकालाई प्रदेश सरकारले पर्यटकीय नगरीको रूपमा घोषणा गरेको छ । इलामको चियाबारी, यहाँको मौसम इलामबाटै देखिने झुल्के घामको आनन्द लिन पर्यटकहरू इलाम आउने गरेका छन् । तर यसरी आउने पर्यटकलाई एक रातबाट दुई रात राख्न सक्ने गरिको योजना भने व्यवसायीहरुसँग छैन ।

इलामका पर्यटन व्यवसायी उदय फागोका अनुसार इलाम फाइनल डेस्टीनेशज भएन । उनले भने, ‘दिनभरि आयो चिसो खायो । फोटो खिचायो गयो ।’

इलाम आएका मध्ये केही मात्रै इलाममा एक रात बस्ने गरेको उनले बनाए । यहाँ रहेका पर्यटकीय स्थलहरूको कनेक्टिभिटी गर्न सकिएको छैन ।

इलाममा कन्याम र अन्तु मात्रै छैन । यहाँ यतिकै मनोरम पर्यटकीय गन्तव्यहरू पनि छन् । तर त्यहाँ सम्म पुग्ने बाटोहरूको अवस्था राम्रो छैन । बाटो लगायतका भौतिक पूर्वाधारका कारण पनि इलाममा रहेका पर्यटकीय स्थलको कनेक्टिभिटी गरी पर्यटकलाई सबै गन्तव्यमा पुर्‍याउन सकिएको छैन ।

इलाममा रहेको माई पोखरी प्राकृतिक रुपले मात्रै सुन्दर छैन । यो हिन्दु, बौद्ध किराँतहरूको आस्थाको केन्द्र पनि हो । यहाँ सम्म पर्यटक पुर्‍याउन सकिएको छैन । पर्यटन व्यवसायी पूजन प्रधानले भने माई पोखरीमा भारतीय बाटो हुँदै पर्यटक पुगिरहेका छन् । नेपाली बाटो भएर कम मात्रै पर्यटक जाने गरेका छन् ।

माई पोखरी बाहेक जौ बारी, पानी टार, बुद्ध पार्क सन्दुकपुरले पर्यटक पर्खिरहेका छन् । तर ती गन्तव्यहरूमा पर्यटक पुग्न सकेका छैनन् । इलामका पर्यटन व्यवसायी दुर्गाबहादुर राईले भने सरकारका कारण पनि हामीले इलामको पर्यटन विकासमा काम गर्न सकेका छैनौ ।

होटल एसोसिएसन कोशी प्रदेशका कोषाध्यक्ष राजन प्रधानले भने पर्यटक गाइडका लागि इलाममा तालिम चलाउँछौ भनेर कति पटक भन्यौ तर तालिमसम्म गर्न नसकेको बताए ।

उनले होमस्टेहरूका तालिम तथा होटलहरुकै हस्पिटालिटीका लागि तालिम सञ्चालन गर्न भनेर माग गर्दा पनि तालिम गर्न नसकिएको बताए ।

प्रदेश सरकारले पर्यटन र पर्यटन व्यवसायी भनेकै विराटनगर, इटहरी र धरानलाई मान्ने गरेको छ । सरकारले कार्यक्रम पनि त्यही मात्रै केन्द्रित गरेको छ ।

छैन समन्वय

प्रदेश सरकारले चैत्र २७ गते कोशी प्रदेश पर्यटन वर्षको रूपमा उद्घाटन गर्दै छ । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गम स्थल तिन जुरे मिल्के जलजलेमा प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

यसका लागि सरकारले प्रचार प्रसार तीव्र बनाएको दाबी गर्दै आएको छ । तर पर्यटकीय नगरी सूर्योदयका पर्यटन व्यवसायीसँगै समन्वय र सहकार्य भएको छैन । समन्वय र सहकार्य विना भएको कार्यक्रमका कारण उनीहरू आक्रोशित समेत छन् ।

तिन जुरेमा आएको पर्यटक इलाम आयो भने र इलाम आइपुगेको पर्यटक तिन जुरे पुग्यो भने त पर्यटनबाट आर्थिक विकास होला रु स्थानीय रमेश राईले भने सरकारले यसरी सोचेको पाइएन । उनले सरकारहरूले सरकारले जसरी काम नगरेको बताए । यहाँ अझै समन्वयको खाँचो छ ।

सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले पर्यटन प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गर्ने तयारी गरे पनि पर्यटकीय नगरीमा पर्यटन वर्षको चल पहल भने आइ नपुगेको बताए ।

उनले भने, ‘हामीले हाम्रो हिसाबले काम गरिरहेका छौ । तर माथिल्लो तहका सरकारहरूले यहाँको वास्तविकता र आवश्यकता पहिल्याएर समन्वय र सहकार्य गर्न सकेको छैन ।’

प्रदेश सरकारले पर्यटन वर्षका लागि भनेर यस वर्ष मात्रै १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पर्यटन वर्षका लागि प्रचार प्रसार छलफल र अन्तरक्रियाका कार्यक्रमहरू प्रशस्तै राखेको छ । तर इलाम सम्म यस्ता कार्यक्रम आइ नपुगेको पर्यटन व्यवसायीहरुले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *