‘राजा चाइयो’ भन्नेलाई झलनाथको चुनौती- दुई तिहाइ बहुमत ल्याएर संविधानमै व्यवस्था गरेर देखाउनू

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राजतन्त्रको पक्षमा चैत १५ गते भएको हिसात्मक घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको दाबी गरे।

काठमाडौं स्थित काँडाघारीमा भएको कार्यकर्ता भेटघाट तथा विद्यालयको बार्षिक उत्सव कार्यक्रममा बोल्दै कसैलाई राजा चाहिएको हो भने ‘राजा चाइयो’ भन्ने पार्टी बनाएर आउन चुनौती दिए।

उनले भने, ‘अनि त्यो पार्टीले संविधान अनुसार चुनाव पनि लड्नुपर्छ । चुनावमार्फत दुई तिहाई बहुमत ल्याउनुपर्छ र संविधान संशोधन गरेर राजा राख्ने व्यवस्था गर्नुहोला । त्यो संवैधानिक हकको कुरा हो । त्यो वाहेक अर्को बाटोबाट नेपालमा राजा आउने सम्भावना छैन् ।’

उनले एमाले अध्यक्ष केपी ओली सरकार यथास्थितिवादको बाटोमा हिँडेको टिप्पणी गरे। सरकार यथास्थितिवादको बाटोमा हिडिरहेकाले पुनरुत्थानवादीहरु अहिले जुर्मुराएको उनको बुझाइ छ।

उनले थपे, ‘देशमा संविधान जारी भइसकेपछि आमूल परिवर्तन गर्नुपर्छ भन्ने आम जनआकांक्षा थियो, राष्ट्रको आकांक्षा पनि त्यही थियो । पार्टीका कार्यकर्ताहरु र सम्पूर्ण वामपन्थीहरुको आकांक्षा थियो तर नेतृत्वमा वा सत्तामा पुगेपछि वामपन्थी साथीहरु यथास्थितिको बाटोमा हिड्नुभयो । सामान्य सुधारका कुराहरु अर्थात यति सडक बनाए उति बनाए भन्ने खालका क्रियाकलापमा अल्झिनुभयो ।’

उनले सरकारले मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्ने कुराहरुमा केहीपनि गर्न नसकेको दाबी गरे। उनले भने, ‘भूमि सुधार गर्नुपर्छ, कृषि क्रान्तिका कार्यक्रमहरु ल्याउनुपर्छ भनेर हामीले आवाज उठाइरहयौ, कृषिलाई आधुनिकीकरण गर्नुपर्यो, यन्त्रिकीकरण गर्नुपर्यो भनिरहेका छौं । हरेक किसानले जे उत्पादन गर्छन त्यसको मूल्य पाउनुपर्ने, उत्पादित वस्तुले बजारको ज्ञारेन्टी पाउनुपर्ने भनिरहेका छौं । त्यसको व्यवस्था सरकारले गर्नुपर्छ तर केही गर्न सकिरहेको छैन् ।’

स्थानीय वार्डका बजारदेखि लिएर पालिका, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारको समन्वय गर्ने काम सरकारको भएकाले आफूहरुले आवाज उठाइरहेको बताए।

Comments

2 responses to “‘राजा चाइयो’ भन्नेलाई झलनाथको चुनौती- दुई तिहाइ बहुमत ल्याएर संविधानमै व्यवस्था गरेर देखाउनू”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    तिमी मार्क्सबादी-समाजबादीले बनाएको संबिधान हामीले मान्दैनौ, नमानेपछी चुनाव लड्ने त परैको कुरा हो। जालझेल गरेर गॅाडतन्त्र ल्यायेको हुनाले पहिला त्यो गॅाडतन्त्र चाही हटाउ।

    1. Mania Thompson Avatar
      Mania Thompson

      यो सर्प पनि खान नछोढ्ने लाई पनि के “तिमी” भनेर सम्बोधन गर्नु नि।यो र बोली, मस्कुने, ज्यान्मारा, र्याले नेपालक हाइना हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *