त्रिचन्द्र स्ववियुमा नेविसंघको दोब्बर मत छिचोल्दै अखिल प्यानलका २ सदस्यको ‘सरप्राइज’ जित  

काठमाडौं । त्रिचन्द्र बहुमुखी क्याम्पसमा नेविसंघको सभापतिसहित अधिकांश पदमा दोब्बर बढी मतान्तरले विजयी हुँदा अनेरास्ववियुको संयुक्त प्यानलबाट दुई जना सदस्यले आश्चर्यजनक जित निकालेका छन् ।

११ सदस्यीय स्ववियुका लागि भएको निर्वाचनमा नेविसंघका गोविन्द कोइराला १२१५ मतसहित सभापतिमा विजयी हुँदा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानलका प्रमित विष्ट दोस्रो पनि हुन सकेनन् ।

दोस्रो स्थानमा रहेका नेविस‌ंघकै बागी सागर न्यौपानेले ६८३ मत ल्याएका छन् भने अखिलका विष्टले ४३१ मत पाए । तर २ जना सदस्य भने लोकप्रिय मतका साथ निर्वाचित भए ।

सदस्य निर्वाचित हुनेमा अनेरास्ववियुकी मनिषा चापागाईँ र अखिल क्रान्तिकारीका मोहन बस्नेत छन् । चापागाईँ एमालेनिकट अखिलको त्रिचन्द्र क्याम्पस कमिटी सचिव हुन् भने बस्नेत अखिल क्रान्तिकारीका क्याम्पस कमिटी उपाध्यक्ष हुन् । मनिषाले ७७८ मत पाएर सदस्य जितेकी हुन् भने बस्नेतले ७५१ मत पाए ।

त्रिचन्द्रमा अखिलको प्रवेश २०६२ पछि यो पहिलो हो । २०६२ मा तत्कालीन प्रजातान्त्रिक कांग्रेसनिकट नेविसंघ सँग मिलेर अनेरास्ववियुका पुरुषोत्तम कडरिया सचिव जितेका थिए । उनी अहिले एमाले रामेछापको अध्यक्ष छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *