मंगलपुष्करिणी दह महोत्सव सुरु, देवदहमा गरियो महापरित्राण पाठ

रुपन्देही । रुपन्देहीको देवदहमा मंगलपुष्करिणी दह धार्मिक महोत्सव सुरु भएको छ। प्राचीन कालदेखि रहेको यो दहमा महापरित्राण पाठ गरी बिहीबार महोत्सवको सुरूवात गरिएको हो । गौतम बुद्धको मावली क्षेत्रमा रहेको यो दहमा उनले नुहाएको इतिहासका जानकारहरुले बताउँदै आएका छन् ।

देवदह ७ स्थित अन्तर्राष्ट्रिय भिक्षुणी विहारबाट मंगलपुष्करिणी दहसम्म कलश यात्रा गरी महोत्सवको औपचारिक सुरूवात गरिएको महोत्सव मूल आयोजक समिति संयोजक समेत रहेका देवदह ९ का वडाअध्यक्ष मोहन जिसीले जानकारी दिए।

महोत्सवको पहिलो दिन सकल प्राणी जगतमा सुख, शान्ति, समृद्धिको कामना गर्दै भिक्षु महासंघबाट मंगलपुष्करिणी दहमा महापरित्राण पाठ गरिएको छ। अखिल नेपाल भिक्षु महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको नेतृत्वमा महापरित्राण पाठ गरिएको हो।

महोत्सव उद्धाटन समारोहमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदहका प्रथम नगर प्रमुख हिराबहादुर खत्री, अन्तर्राष्ट्रिय भिक्षुणी महासंघ तथा यशोधरा भिक्षुणी बिहारकी अध्यक्ष न्यानवती गुरुमा लगायतल् यसको महत्वका विषयमा बोलेका थिए ।

भिक्षु मैत्री महास्थवीरले बृहत्तर देवदह क्षेत्रको विकास आवश्यक रहेको बताए। ‘बुद्ध मावली ुदेवदह एउटा महत्वपूर्ण क्षेत्र हो, दहसंगै यहाँ रहेका अन्य बौद्धकालीन महत्वपूर्ण क्षेत्रको विकासले समग्र देवदहलाई समृद्ध बनाउने छु उनले भने। भिक्षु मैत्री महास्थवीरले देव दह, बैरिमाई, कन्यामाई, पाकरीसहित पण्डितपुर र रामग्रामलाई समेत समेटेर विकास गरिनुपर्ने विचार व्यक्त गरे।

महापरित्राण पाठको औपचारिक समारोहपछि महोत्सव सुरु भएको वडाअध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक मोहन जिसीले बताए । प्रगति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दुर्गबहादुर रानाले आफ्नो क्षेत्रमा रहेको प्राचीन सम्पदाको संरक्षणका लागि भएको यो कार्यक्रमले सिंगो क्षेत्रलाई उजागर गर्ने बताए ।

महोत्सवको कलश यात्रामा स्थानीय संघ, संस्था र आमा समूहले व्यानरसहित संस्थागत प्रतिनिधित्व जनाएका थिए भने भपूसैनिक कल्याणकारी समाज, मगर संघ, उज्यालो लालटिन प्रतिष्ठान आदि संघसंस्थाले पानी, चियालगायत वस्तु निःशुल्क वितरण गरेका छन्।

शुक्रवारदेखि श्रीमद्भागवत महापुराण

बौद्ध परम्परा अनुसार बिहीवार महापरित्राण गरी सुरु गरिएको महोत्सवमा भोलिदेखि श्रीमद्भागवत महापुराण सुरु हुनेछ। शुक्रवार हिन्दु परम्पराअनुसार कलश यात्रा गरी श्रीमद् भागवद महायज्ञ सुरु गरिने आयोजकले जनाएको छ। ऐतिहासिक मंगलपुष्करिणी (देव दह)को प्रचार प्रसारसंगै देवदह ९ स्थित सन्दिप आधारभूत विद्यालय र छाडा चौपाया व्यवस्थापनको लागि निर्मित गौशालालाई सहयोग जुटाउन महोत्सव आयोजना गरिएको जनाइएको छ।

प्राचीन समयमा राजा तथा ऋषि–तपस्वीहरूले स्नान गर्ने देव दहमा सेता, राता, गुलावी लगायतका विभिन्न रङ्गका कमल फुल्ने भएकाले बौद्ध धर्ममा यसलाई मङ्गलपुष्करिणी भनिएको बौद्ध अध्येताहरूको भनाई छ। बौद्ध ग्रन्थहरूमा यसलाई ध्यान, शुद्धता र साधनाका लागि उपयुक्त स्थलका रूपमा वर्णन गरिएको बताइन्छ। बौद्धकालीन समयमा राज्याभिषेकका क्रममा देव दहमा स्नान गर्ने परम्परा रहेको समेत जानकारहरू बताउँछन्।

देवदह नगरपालिका–९, घोडाहाको उत्तरतर्फ प्रगति सामुदायिक वनमा अवस्थित मङ्गलपुष्करिणी ९देव दह० कै कारण यस क्षेत्रको नाम देवदह रहन गएको स्थानीय बताउँछन्। धार्मिक मान्यताअनुसार सत्य, धर्म, संघ र मङ्गल प्राप्त गर्ने पवित्र स्थल भएकाले समेत यसलाई मङ्गलपुष्करिणी भनिएको हो।

बौद्ध धर्म ग्रन्थ त्रिपिटक र हिन्दू धर्मग्रन्थ वराह पुराणमा समेत देवदहको विशेष उल्लेख गरिएको छ। देवदह नगरपालिका वडा नं ९ ले संयोजन गरिरहेको महोत्सवको संरक्षक देवदह नगरपालिका रहेको छ भने सहआयोजक प्रगति सामुदायिक वन रहेको छ ।

महापरित्राण पाठ के हो ? किन गरिन्छ ?

बुद्धले आफ्ना अनुयायीलाई आशिर्वाद दिन र भयबाट रक्षा गर्न पाली भाषामा पाठ गरेका केही सूत्रहरूलाई परित्राण पाठ भनिन्छ। यो पाठ विश्वभरिका बौद्ध भिक्षुहरूले गर्ने एक सुपरिचित बौद्ध अभ्यास हो, विशेषगरी पाली भाषा प्रयोग गर्ने थेरवादी बौद्ध मुलुकहरूमा लोकप्रिय छ।

परित्राण पाठ स्वयं तथागत गौतम बुद्धले विभिन्न समय र परिस्थितिमा पाठ गरेका सूत्रहरूको संकलन हो। यी सूत्रहरू बुद्धका आधारभूत शिक्षाबाट छनोट गरिएका हुन्छन्। जन्मदिन, गृहशान्ति, रोग निवारण, आपत९विपत, तथा अन्य धार्मिक अनुष्ठानहरूमा श्रद्धेय भिक्षुहरूले यो पाठ गराउने परम्परा रहेको छ।

प्रारम्भमा यी सुत्रहरू करिब दुई हजार वर्षअघि ताडपत्रमा लेखिएका थिए। पछि परिमार्जन गर्दै परित्राण पाठलाई पुस्तकका रूपमा संकलन गरियो।

परित्राण पाठका अधिकांश सूत्रहरू सूत्र पिटक अन्तर्गतका अंगुत्तर निकाय, मज्झिम निकाय, दीघ निकाय, संयुक्त निकाय, तथा खुद्दक निकायबाट लिइएका छन्। यस पाठले मानसिक सुदृढता बढाउने, नकारात्मक विचार हटाउने, दुर्भाग्य टार्ने, अस्वस्थता कम गर्ने र ग्रहदशाको दुष्प्रभावबाट जोगाउने विश्वास गरिन्छ। भिक्षुहरूले यो पाठ विशेष लयमा उच्चारण गर्ने प्रचलन छ।

परित्राण पाठ गर्दा भिक्षुहरुले शुद्व उच्चारण र उपयुक्त लयमा पाठ गर्नुपर्ने हुन्छ । यसरी गरिएको सुत्रहरुको पाठबाट महान शक्तिहरुको संचार हुन्छ । ती शक्तिहरु भनेको बुद्ध, धर्म र संघ ९तीन रत्न० हो । जसको समिश्रण नै बुद्ध धर्म हो । त्यसैले परित्राण पाठ गर्दा र सुन्दा मान्छेलाई ठूलो लाभ मिल्ने जनविश्वास छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *