पौवाका सबै शाखामा ‘स्वादउत्सव’ कार्यक्रम आयोजना गरिने 

काठमाडौं  । नेपाली हस्पिटालिटीसहितको सेवा दिनेगरि स्थापना भएको होटल पौवाले स्थापनाको नवौँ वार्षिकोत्सवको अवसर पारेर स्वादउत्सव कार्यक्रम आयोजना गर्न लागेको छ । यही चैत्र २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वादउत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुनेछ ।

नवौँ वार्षिकोत्सवको खुसीयालीमा देशभरका शाखाहरूमा विभिन्न कार्यक्रमसहित पौवाले स्वादउत्सव मनाउन लागेको हो । यो उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ । उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव पाहुनाहरूसमक्ष पुर्‍याउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

पौवाका सेपहरूबिच नै स्वस्थ प्रतिस्पर्धा गराई  बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्नु रहेको ब्राण्डिङ प्रमुख विष्णु भण्डारीले बताए । उनले भने, ‘स्वाद उत्सवमा पाहुनाहरूले दिनुहुने प्रतिक्रियाले सेफहरूको अनुभवमा निख्खरता आई क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास पौवाले लिएको छ । यो उत्सवको अर्को महत्त्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहन समेत गर्नु हो ।’

नवौँ वार्षिकोत्सवको अवसरमा आयोजित स्वादउत्सव देशभरका शाखाहरूमा एकैसाथ सञ्चालन हुनेछ । उत्सवमा भाग लिनका लागि सबै शाखाबाट २ लाख स्थानीय तथा बाह्य पाहुनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणा पत्र दिइएको छ । ती सबै अतिथि पाहुनाहरूलाई पौवामा आएर खानाको स्वाद लिन पौवाले आग्रह गरेको छ ।

९ वर्षअघि लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको थियो । हालसम्म १८ वटा शाखा पुगेका छन् । जहाँ ७०० भन्दा बढिलाई प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । नेपालगन्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को पहिलो चरणको काम सम्पन्न भएको छ भने मुख्य अतिथि आवास भवन निर्माण भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *