काठमाडौं । अभिनेता विपीन कार्की स्टारर चलचित्र ‘ऊनको स्वीटर’ को टिजर सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमबीच चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।
विपीन कार्की र मिरूना मगर मुख्य भूमिकामा रहेको चलचित्रमा विल्सनविक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बूको पनि प्रमुख अभिनय छ । यिनै पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति र सम्बन्धका उतारचढावलाई सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ ।
टिजरमा मिरूनाले दिएको डायरीमा विपीनले आफ्ना भावना लेख्दै गरेको दृश्य प्रस्तुत गरिएको छ । ‘ऊनको स्वीटर’ आर्टमान्डु प्रालिको निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो । सुजन चापागाईंको सङ्गीत रहेको चलचित्रलाई नवीन चौहानले लेखन तथा निर्देशन गरेका हुन् । सुरज कटुवालको सहलेखन रहेको छ ।
चलचित्रमा सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको पनि अभिनय रहेको छ ।

Leave a Reply