राजावादीका अपराधिक गतिविधिको प्रतिरोध गर्ने प्रमुख दलका युवा संगठनको चेतावनी

काठमाडौं । प्रमुख राजनीतिक दल आबद्ध युवा संगठनहरुले राजावादीहरुका अपराधिक गतिविधि कायम रहे प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

कांग्रेसको भातृ संगठन तरुण दल,एमालेको राष्ट्रिय युवा संघ,माओवादी केन्द्रको वाइसिएल लगायत संगठनले शुक्रवार संयुक्त वक्तव्यमार्फत अपराधिक गतिविधि गर्नेलाई कानूनी दायरमा ल्याउन माग गरेका छन् ।

उनीहरुले पत्रकारको हत्या तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनीका घटनामा संलग्नको पहिचान गर्न र व्यवस्था विरोधीलाई कारवाहीको दायरमा ल्याउन माग गरेका छन्
तरुण दल अध्यक्ष विद्धान गुरुङ,युवा संघ अध्यक्ष क्षितिज थेबे,वाइसिएल अध्यक्ष सुबोध शेर्पाली,युवा संगठन अध्यक्ष दिनेश सी लगायतले विज्ञप्तिमार्फत राजावादीको प्रतिरोध गर्ने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *