नवराज सुवेदीले भने- शान्तिपूर्ण आन्दोलनमा दमन गरियो, सबै घटनाको जवाफदेही नेपाल सरकार

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आजको आन्दोलनमा भएका अप्रिय घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।

प्रहरीले सुरुमै बल प्रयोग गरेर कार्यक्रम गर्न नदिँदा यो स्थिति उत्पन्न भएको उनको दाबी छ ।

एक भिडिओ विज्ञप्ति जारी गर्दै उनले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

सुवेदीको विज्ञप्तिका सार यस्तो छः

आज हामीले शान्तिपूर्ण प्रदर्शन गर्न लागेका थियौं । तर सुरुदेखि नै हामीलाई प्रशासनबाट अत्याचार र थिचोमिचो भयो । म गाडीबाट मञ्चमा जान ओर्लिँदा नै ३÷४ राउन्ड टियर ग्यास हानिएको थियो । मञ्चमा गएपछि दसौं राउन्ड टियर ग्यास प्रहार भयो । मैले बोल्न पाइनँ । मञ्चमा बस्न पनि सकिनँ । त्यस्तो वातावरण सिर्जना भएपछि जनमानसमा आक्रोश उत्पन्न भयो ।

घरको छतबाट टियर ग्यास हानियो । त्यो घरभरि पुलिसहरु लुकाएर राखेको रहेछ । मासले थाहा पाएपछि तोडफोड र आगजनी गरे । त्यसपछि प्रहरीले अन्धाधुन्द फायरिङ गर्दा किर्तिपुरका सविन महर्जन किर्तिपुरको मृत्यु भएको छ । । दर्जनौं मानिसहरु घाइते भएका छन् । उनीहरु विभिन्न अस्पतालमा छन् । यो दुखद हो । सबैप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु ।

उहाँहरुको उपचारको व्यवस्था हुनुपर्यो । सबै सरकारले गरोस । सविन महर्जनलाई उचित क्षतिपूर्ति परिवारले पाउनुपर्ने हाम्रो माग छ । हाम्रो ज्यादति केही पनि छैन । सुरुदेखि नै हाम्रो मासलाई इरिटेड गराउने र बल प्रयोग गर्ने काम भएको छ ।

सरकार र प्रहरीबाट जुन बितण्डा गरियो, त्यसले नै आजको स्थिति सिर्जना भएको हो । म पश्चाताप गर्छु, नहुनुपर्ने भयो । यसको सम्पूर्ण जवाफदेही नेपाल सरकार हुनुपर्र्छ ।

 

Comments

2 responses to “नवराज सुवेदीले भने- शान्तिपूर्ण आन्दोलनमा दमन गरियो, सबै घटनाको जवाफदेही नेपाल सरकार”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    मार्क्सबादी हरू तानाशाही हुन् सिदान्तले अनि व्यवहारले।

  2. ksp pyl Avatar
    ksp pyl

    ज्ञानेन्द्रप्रति अलिअलि बाँकी जनताको विश्वास पनि बेल्जियम नागरिक र ऋण नतिर्ने को पछि लागेर खरानी भयो । बुद्वि त नभएकै रैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *