तीनकुनेमा देखिएको अराजकताबारे प्रचण्ड- त्यो राजावादीहरुको चरित्र हो, आतंक मच्याउन खोज्दैछन् (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरुको तीनकुनेमा भएको प्रदर्शनलाई मन्डले अराजकताहरुको सभाको संज्ञा दिएका छन् ।

समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै आफूहरुले राखेको सभाकै दिन प्रतिगामी राजावादीहरुले पनि सभा राखेको बताए।

उनले भने, ‘हामीले चैत १५ गते प्रदर्शन र सभा गर्ने घोषणा गरिएको थियो। हामीले घोषणा गरेपछि राजावादीहरुले पनि आजकै दिन राखे । उत्तेजित र आतंकित पार्ने मनसाय दिएको थियो। तर, मैले आज यहाँ बोल्दैगर्दा मैले सुरक्षा निकायसँग लगातार बुझिराखेको छु । बाह्र बर्ष ढुंग्रामा हालेपनि कुकुरको पुच्छर बांगै भनेकोजस्तो त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठ भएको छ । तीनकुने अहिले मण्डले अराजकताको । त्यहाँ घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुंगा प्रहार गरेका छन्। मण्डलेहरुले। उनीहरुले केही मान्छे मरुन् देशैभरी आतंक मच्चियोस् भन्ने चाहेका छन्, त्यो राजावादीहरुको चरित्र हो ।’

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक दलहरुको उदारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्न चेतावनी दिए । विगतमा गरेको परिणाम अहिले भोगिरहेको भन्दै अब पनि गल्ती दोहोर्याए भोग्न बाँकी केही नरहने बताए ।

Comments

One response to “तीनकुनेमा देखिएको अराजकताबारे प्रचण्ड- त्यो राजावादीहरुको चरित्र हो, आतंक मच्याउन खोज्दैछन् (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    राजावादी र त ज्यानमारा एउटै ड्याङ्का मूला हो । विदेशीका भाडाका टट्टु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *