प्रदर्शनकारीले ढुंगामुढा गरेपछि तीनकुनेमा सशस्त्र प्रहरीले गर्‍यो हवाइफायर

काठमाडौं । तीनकुनेमा प्रदर्शन अराजक बन्दै जाँदा सशस्त्र प्रहरीले हवाइ फायर गरेको छ । यहाँको एउटा घरमा लागेको आगो निभाउन सिनामंगलतिरबाट आएको पानीको फोहोरा हान्ने गाडीमाथि प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए ।

ढुंगामुढाबाट केही प्रहरी घाइते भएका छन् । ढुंगामुढाबाट बच्न प्रहरीले चार राउन्ड हवाइफायर गरेका थिए । त्यसपछि उनीहरु ज्यान जोगाउन नजिकैको एउटा ब्याङ्वेटमा पसेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *