कुलमान प्रकरण- सत्तापक्ष र प्रतिपक्षले अडान नछाडेपछि छलफलमा सभामुख

काठमाडौं । सदनमा विपक्षी दलले जारी राखेको अवरोध हटाउन सभामुख देवराज घिमिरेले छलफल थालेका छन्। सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गरिरहेका छन्।

विपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङको हटाएको विषयमा प्रधानमन्त्री केपी ओलीको जवाफ माग्दै सदन अवरोध गर्दै आइरहेका छन्। तर, प्रधानमन्त्री ओली पनि जवाफ दिने पक्षमा छैनन्।

सभामुखले अहिले बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेको भए पनि अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना नआएको सभामुख सचिवालयले जनाएको छ।

हिजो सत्तापक्षले विभागीय मन्त्री वा उपप्रधानमन्त्रीले जवाफ दिने जानकारी गराए पनि विपक्षी दलले अस्वीकार गरेको थियो। दुई दिनदेखि जारी अवरोध नहटेको कारणले बिहान ११ बजेका लागि बोलाइएको सदन अझै सुचारु हुन सकेका छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *