ओली गैरजिम्मेवार भए, प्रधानमन्त्री मान्न सकिँदैन : सुदन किराती (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले कुलमानलाई हटाएर सुशासनमाथि खिल्ली उडाएको भन्दै साधारण कुरा मान्न नमिल्ने तर्क गरे।

उनले भने, ‘राजनीतिक प्रतिशोधकै कारणले हटाइएको छ। त्यसैले संसदमा आएर प्रधानमन्त्रीले जवाफ त दिनुपर्‍यो। प्रधानमन्त्रीले जवाफ दिएपछि हामी सोचौँला। उहाँबाट चित्तबुझ्दो जवाफ दिनुपर्‍यो। प्रधानमन्त्रीले जवाफ नदिएसम्म अवरोध हट्दैन। चल्न दिँदैनौँ।’

उनले प्रधानमन्त्रीले बाहिर उत्तेजित भएर दिएको अभिव्यक्ति प्रधानमन्त्रीको हैसियतसँग नमिलेको तर्क गरे। उनले भने, ‘उहाँले सडकमा बलिरहेको आगोमा मट्टितेल खनाइराख्नुभएको छ। यो भन्दा अराजकता के हुन्छ ? सिंहदरबारबाट अराजकताको बिउ रोपियो। प्रधानमन्त्री गैर जिम्मेवार भए, यसरी प्रधानमन्त्री मान्न सकिँदैन।’

Comments

One response to “ओली गैरजिम्मेवार भए, प्रधानमन्त्री मान्न सकिँदैन : सुदन किराती (भिडिओ)”

  1. kirati kanchho Avatar
    kirati kanchho

    स्टन्टबाज केटोको कुतर्क ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *