काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्वार्थको रोटी सेक्न पूर्वपञ्चहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको गुनगान गाउन थालेको आरोप लगाएका छन् ।
पोखरेलले सामाजिक सञ्जालमा ज्ञानेन्द्र अधिराजकुमार रहेकै बेला देश र जनतालाई गम्भीर हानी पुग्ने अपराधिक काम गरेको विषय पूर्वपञ्चहरूले नै त्यहीबेला सार्वजनिक गरेको लेखेका छन् ।
‘आम जनताले त उनी अपुतालीमा राजा हुँदा समेत असहज मानेकै हुन्’, महासचिव पोखरेलले टिप्पणी गरेका छन् ।

Leave a Reply