‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’ भन्दै माइतीघरमा युवाहरुको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएसँगै समर्थकहरु आन्दोलनमा उत्रिएका छन् । आज  माइतीघरमा कुलमानकाे समर्थनमा  युवाहरु आन्दोलनमा उत्रेका हुन् ।

घिसिङलाई हटाउने सरकारको निरंकुश र भ्रष्ट कदम भन्दै त्यसको विरोधमा नेपाली जनताले स्वत स्फूत रुपमा आन्दोलन गरेका थिए ।

उनीहरुले जनताविरोध सरकार मुर्दाबाद, नेपाली जनता जिन्दावाद, कुलमानलाई हटाउने मन्त्रीपरिषद् बैठक खारेज गर,सिंगो नेपाल के भन्छ कुलमान ल्याउ भन्छ, कता हिँडेको बिजुली मारेर कुलमान फालेर’ लगायतका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।

उनीहरुले लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइदैन भन्दै उनीहरुले कुलमानको समर्थनमा नारा लगाएका थिए । सामाजिक अभियन्ता आशिका तामाङ पनि आन्दोलनमा सहभागी भएकी थिइन् ।

Comments

One response to “‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’ भन्दै माइतीघरमा युवाहरुको प्रदर्शन (तस्बिरहरु)”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    युवाहरू होइन केही व्यक्तिहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *