शंकर पोखरेलको टिप्पणी- राजतन्त्र ठीक थियो भन्ने तर्क मूर्खहरूले पनि गर्दैनन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्र र पञ्चायत नै ठीक थियो भन्ने तर्क मूर्खहरूले पनि नगर्ने टिप्पणी गरेका छन् ।

प्रेस चौतारीको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजावादीहरूले जनतामा भ्रम छरेर कुप्रचार गरिरहेको आरोप लगाए ।

उनले भने, ‘आज कतिपय राजावादीहरू भन्ने गर्दछन्, आज मुलुकको सङ्कटको कारण त संघीय लोकतान्त्रिक गणतन्त्र हो । केका आधारमा उनीहरू त्यस्तो तर्क गर्दछन् मलाई अनौठो लाग्छ । राजाको समयमा नेपाली समाज कस्तो थियो भन्ने नबुझेर तर्क गरिरहेका छन् । राजतन्त्र र पञ्चायत नै ठीक थियो भन्ने तर्क मूर्खहरूले पनि गर्दैनन् । आफूलाई राजनीतिज्ञ भन्नेहरूले यस्तो कुतर्क गरेर जनतालाई भ्रम सिर्जना गर्छन् भने त्यसको विरुद्धमा हामीहरू दृढतापूर्वक उभिनुपर्छ ।’

जन्मको आधारमा शासन गर्ने कुरा आजको आधुनिक समाजमा किमार्थ स्वीकार्य नहुने महासचिव पोखरेलले बताए ।

Comments

2 responses to “शंकर पोखरेलको टिप्पणी- राजतन्त्र ठीक थियो भन्ने तर्क मूर्खहरूले पनि गर्दैनन् (भिडिओ)”

  1. samir Avatar
    samir

    ठिक हो, मुर्खहरुले मात्रै त्यसो भन्दैनन!

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    बिद्ववान्ले गर्छन् त , मूर्खले मात्रै दलतन्त्र ठिक हो भन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *