नेप्सेले ल्यायो शेयर कारोबारको मूल्य निर्धारणमा नयाँ नियम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अन्तिम कारोबार मूल्य कायम गर्नेबारे नयाँ नियम ल्याएको छ । बिहीबारदेखि लागू हुनेगरि दोस्रो बजारमा शेयरको अन्तिम कारोबार मूल्य निर्धारण गर्न नयाँ नियम लागू गर्न लागिएको हो ।

अब नियमित कारोबार सत्रमा अपराह्न २ः४५ बजेदेखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने भएको छ । मंगलबार बसेको नेप्से सञ्चालक समितिको बैठकबाट यस्तो निर्णय पारित गरिएको हो ।

‘नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली (चौंथो संशोधन) २०८१ लाई मिति २०८१ । १२ । ०७ देखि कार्यान्वयन गर्ने निर्णय भए अनुसार नियमित कारोबार सत्रमा अपराह्न २ः४५ बजेदेखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने’, नेप्सेको सूचनामा उल्लेख छ ।

उक्त अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने समेत नेप्सेले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *