राजतन्त्र नफर्किने दाबी गर्दै जनार्दनले भने- उथलपुथल छाडेर आत्मसमीक्षासहितको श्वेतपत्र जारी गरौँ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजतन्त्र फर्काउन कुनै हालतमा पनि नदिने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राजतन्त्र फर्किन्छ भन्ने आफूहरूले नसोचेको बताए।

उनले भने, ‘राज्य प्रणाली, निर्वाचन प्रणाली दल र नेतामा सुधार गर्नुपर्छ, फजुल सेवा सुविधा, भ्रष्टाचार र कमिसन, भागबन्डा मिलोमतोमा रमाउनु लोकतन्त्र होइन। त्यसको अन्त्य गर्नुपर्छ। आपसमा गालीगलौज वा कुनै उथलपुथल गरेर होइन। आफैँतिर फर्केर समीक्षा गर्नुपर्छ। आज हामीले आफैँतिर फर्केर समीक्षा गर्ने गरेका छैनौँ।’

संविधान र लोकतन्त्रका पक्षधर पार्टी र सरकारले जनतामा देखिएको विरोध र आक्रोशलाई नजरअन्दाज गर्न नहुने बताए। उनले दल र नेताहरूले आफैँतिर फर्किएर गम्भीर आत्मसमीक्षा गर्न आवश्यक रहेको औँल्याए।

उनले थपे जनता पछि फर्किन चाहेका होइनन्, उन्नत लोकतन्त्र चाहेका हुन्। सरकार पार्टी र नेताबाट गर्नुपर्ने, प्रणालीगत सुधार, संविधानगत बनाउनुपर्ने कानुन निर्माण गर्न माग गरेका हुन्। जनताले उठाएको आवाजलाई सुन्नै पर्छ। राज्य पार्टी र नेताहरूले जनतासँग संवाद गर्नेपर्छ। आफ्नो कमीकमजोरीहरू सार्वजनिक गर्नकै लागि हामीले गरेका कमजोरीका पक्षमा श्वेतपत्र जारी गर्नुपर्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *