महेन्द्र विन्देश्वरी राजविराज क्याम्पसको सभापतिमा जसपाका विद्यार्थी नेता यादव विजयी

जनकपुरधाम । सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा पुन: रंजित यादव बाजी मारेका छन् ।

समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट यादव दोस्रो पटक सभापतिमा उम्मेदवारी दिएका थिए । उनले ३९३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार विनय यादवले ३३२ मत ल्याए । अनेरास्ववियुकी मनिषा कुमारी साहले ३३१ मत पाइन् ।

सचिवमा मुकेश कुमार साह र कोषाध्यक्षमा कञ्चन कुमारी ठाकुर निर्वाचित भएकी छन् । उनी दुबै जना समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीको संयुक्त प्यानलकै छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *