गणतन्त्र स्थापनाका लागि भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि महत्वपूर्ण छ: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले राजसंस्थालाई इतिहास बनाइसकेकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को मूर्खता नगर्न चेतावनी दिएका छन्।

सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै जनताले उदारता देखाएर राखेको भएपनि फेरि मूर्खता गर्दा त्यसको परिणाम गम्भीर हुनसक्ने बताए। उनले नेपालमा राजसंस्था पुर्नस्थापना असम्भव रहेको दाबी गर्दै समाजवादको यात्रालाई फरक मुद्दत गर्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘हामीले जनयुद्ध र जनक्रान्तिमार्फत् गणतन्त्रको निम्ति आधार तयार हामीले पा¥यौँ र ज्ञानेन्द्रले आफ्नो मूर्खतामार्फत पनि हामीलाई मद्दत गरेकै भनेको थिए उनले धेरै मूर्खता नगरेको भए अझै केही वष उनले सात राजनीतिक दलमाथि पनि दमन नगरेको भए नेताहरुलाई उनैको पछि लाग्छौँ भन्दा, लात्ताले नहानेको भए अझै केही वर्ष टिक्न पनि सक्थे। त्यसकारण भिलेनको रुपमा ज्ञानेन्द्रको भुमिका पनि गणतन्त्र स्थापनामा महत्वपूर्ण छ।’

उनले अहिले पनि फेरि राजतन्त्र पुनःस्थापनाको कलाबिहीन नाटक प्रदर्शन भइरहेको टिप्पणी गरे।

उनले थपे, ‘नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार तयार पारेका छन्, त्यसअर्थमा फेरि पनि ज्ञानेन्द्र शाहको भुमिका महत्वपूर्ण नै हुन्छ भनेर बुझ्नुपर्छ। कुनै कथा, साहित्य, उपन्यास हिरोले मात्रै चल्दैन, भिलेन पनि चाहिन्छ। भिलेनको रोल सक्रिय भएन भने हिरो पनि राम्रो सफल नहुन सक्छ । भिलेन अलि खतरनाक भएर आयो भने तागतका साथ काम गर्दछ।’

Comments

One response to “गणतन्त्र स्थापनाका लागि भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि महत्वपूर्ण छ: प्रचण्ड (भिडिओ)”

  1. bipin Avatar
    bipin

    yesta ko kura kaslee biswaas garcha …yo ta psycho vaisakyo …..175000

Leave a Reply

Your email address will not be published. Required fields are marked *