चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चार्टर उडान हुने

काठमाडौं । नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो ।

‘पोखरा-छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुहरूका लागि कम खर्चमा सहज पहुँचका साथै चिनियाँ पर्यटकहरूलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो नयाँ हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको “भिजिट नेपाल २०२५” र नेपाल सरकारले घोषणा गरेको “पोखरा पर्यटन वर्ष” अभियानलाई टेवा पुऱ्याउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।’

हवाइ उडानबाट दुई देशका शहरहरू जोडिँदा आपसी मित्रता र सहकार्य थप बलियो हुने जनाइएको छ ।

छेन्दुबाट पोखरामा आउने सिचुवान एयरलाइन्समार्फत मंगलबार हुने व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा-छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’का लागि जाने भएको छ। नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझाउ, लेसानलगायतका चिनियाँ शहरमा हुने विभिन्‍न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ।

‘यी प्रयासहरुले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै दुवै देशका पर्यटन क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन भूमिका खेल्ने बोर्डले जनाएको छ ।

 

Comments

One response to “चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चार्टर उडान हुने”

  1. ksp pyl Avatar
    ksp pyl

    यसलाई निरन्तर गर्न र थप उडान आकर्षित गर्न आफ्नोतर्फबाट भरमग्दुर प्रयास होस् । भारतीय दासहरूले गर्दा पोखरा र लुम्बिनी एयरपोर्ट नचलेका हुन् । ओलि आएपछि यी दुवै चल्दैछन् । प्रचण्डले न एयरपोर्ट चलाउन कोसिस गरे, न चिनियाँ ठेकेदारलाई काम गर्ने वातावरण मिलाईदिए । आजभोलि जताततै रफ्तारमा काम हुँदैछ । यो सबै ओलि सरकारमा भएकाले हो । अरू पार्टी त कि विदेशीका भाडाका टट्टु हुन् कि लुटेरा हुन् । प्रचण्ड सरकारमा हुँदा काम गर्न नदिने अनि चिनियाँ ऋणले देश डुब्यो भन्ने, चिनियाँ ठेकेदार खत्तम भनेर देखाउन वातावरण नबनाईदिने । आजभोलि नेपालमा काम भैरहेको भारतलाई छटपटी भैरहेको छ । त्यो छटपटी प्रचण्ड मार्फत प्रकट भैरहेको छ । त्यसैले यी विदेशी दलालहरूलाई नेपालमा टेक्ने ठाउँ पनि दिनु हुँदैन । सरकारमा जान पाईन्छ कि भनेर प्रचण्ड तराईतिरबाट कुलेर आएको छ । काँग्रेस एमालेले प्रचण्डलाई सरकारमा ल्याउने गल्ती कहिल्यै नगर्नु । यसलाई ८४ सम्म यसरी नै बाहिर राखिदिनु यो सकिन्छ । सरकारमा छिर्न पाए अहिले भैरहेका र हुँदै गरेका सबै काम रोक्न सकिन्छ भन्ने छ प्रचण्डलाई । बाँदर स्वभाव भएको न पर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *