काठमाडौं । माओवादी अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नभएको बताएका छन् । तर, फेसबुकमा लेखेको यो स्टाटस उनले केही मिनेट प्राइभेट गरेर फेरि पब्लिक गरे ।
पूर्वराजा ज्ञानेन्द्र शाहबारे आपत्तिजनक अभिव्यक्ति दिएको विरोधमा हिजो राप्रपाका युवा नेताले प्रचण्डको फोटो जलाएका थिए । यसको नेतृत्व गर्ने राप्रपाका युवा नेता निराजन बमलाई प्रहरीले भरतपुर विमानस्थलबाट पक्राउ गरी हेटौंडा ल्याइएको छ । त्यसलाई संकेत गर्दै प्रचण्डले यो स्टटास लेखेका हुन् ।
प्रचण्डले लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’
यो स्टाटस केहीबेरका लागि उनको टाइमलाइनबाट गायब भएको थियो । अहिले फेरि देखिएको छ ।

Leave a Reply