एमालेले नेतृत्व परिवर्तन नगरे कम्युनिष्ट पार्टीको दर्जाबाट तल झर्दै जान्छ: जगन्नाथ खतिवडा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले एमालेले नेतृत्व परिवर्तन गर्न नसके कम्युनिष्ट पार्टीको दर्जाबाट तल झर्दै जाने टिप्पणी गरेका छन् ।

पार्टीको आन्दोलन घोषणा गर्न आयोजित पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले केपी ओलीको पार्टी र सरकार सञ्चालन गर्ने पद्धतिले एमालेलाई ओरालो यात्रामा लगिरहेको बताए ।

ओलीको चिन्तन, तर्क र अर्कासँगको व्यवहार कम्युनिष्ट आन्दोलनको लागि घातक बन्दै गइरहेको उनको भनाइ छ ।

उनले अहिले माओवादीसँग एकता गर्ने पार्टीको कुनै तयारी नभएको पनि प्रस्ट पारे ।

नेता खतिवडाले समाजवादी मोर्चा र पार्टीको कार्यक्रम अलगअलग रुपमा अगाडि बढिरहेको बताए ।

Comments

5 responses to “एमालेले नेतृत्व परिवर्तन नगरे कम्युनिष्ट पार्टीको दर्जाबाट तल झर्दै जान्छ: जगन्नाथ खतिवडा”

  1. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    अरुकाे दर्जा ताेक्ने तपाईं काे हाे ? आफ्नाे अनुहार ऐनामा हेर्नु, अनि कस्काे दर्जा के हाे था हुन्छ ।

  2. Safal Sharma Avatar
    Safal Sharma

    Afno chinta gara, aruko khedo khanne rajniti banda gara.

  3. ksp pyl Avatar
    ksp pyl

    यसको पार्टी बाँकी भए पो आफ्नु चिन्ता गर्नु । यसको पार्टी गठनको मुख्य उद्देश्य दिल्लीको निर्देशनमा एमाले कमजोर बनाउने मात्र हो । सके एमाले सिध्याउने हो । यस्ता अरूका खेताला/ नोकरहरूको कामै अरूको कुरा गर्ने र दलाली पचाउने हुन्छ । त्यसैले दलालहरूको कुरा सुनेर एमालेजन धेरै उद्देलित हुन जरूरी छैन । लिपुलेक लगाएतको भाग भारतको हो भनेर यसको दाङ्गतिरको एउटा दलालले म्याउ गरिहाल्यो । यी सबै त्यहि ड्याङका हुन् । ऐन मौकामा म्याउ गरिहाल्छन् ।

  4. Nagendra Avatar
    Nagendra

    कांग्रेशको पुच्छर को टुप्पामा अड्किएर तुच्छता र दुस्टता भरिएको दिमागले गरेको टिप्पणी कत्ति भद्दा !!! आफैलाई हेरे भै गो नि अरु तिर आखाँ लगाउनु किन !!??

  5. नारायण Avatar
    नारायण

    माधब नेपाल भन्ने मान्छे को भित्री लुगा तिमी लाई एमाले भनेर भन्न पनि लाज लाउनु पर्ने तिमीहरु लाई देख्दा लाज पनि लजाउछ होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *