एकीकृत समाजवादीको निष्कर्ष- सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदैछन्, सडक अराजक र पपुलिष्ट हुँदै छ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्ता केन्द्रित नाजायज गठबन्धनको राजनीतिले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताएको छ।

आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव घनश्याम भुसालले भने, ‘राज्य नालायक बन्दै जान्छ, राज्यको नालायकीले सामाजिक असन्तुष्टिलाई बढाउँछ, नालायक राज्यले शक्ति प्रयोग गर्न थाल्छ र अस्थिरताका शक्तिहरू, पुराना साम्प्रदायिक र पपुलिष्ट तत्त्वहरूले त्यस असन्तुष्टिलाई उत्तेजक बनाउँदै जान्छन्। आज मुलुकमा त्यही भइरहेको छ ।’

सत्ताधारीहरू नालायक र अनुत्तरदायी भएकै कारणले सडक अराजक र पपुलिष्ट हुँदै गएको बताए।

उनले भने, ‘यस अवस्थामा देशका जिम्मेवार राजनीतिक पार्टी र नागरिक समुदायले गम्भीर आत्म समीक्षा गर्दै एउटा नयाँ पहलकदमीद्वारा हस्तक्षेप गर्नु आवश्यक भैसकेको छ जसले सत्ताधारी गठबन्धनका नालायकी विरुद्ध आम जनतालाई सचेत र सङ्गठित गर्दै मुलुकलाई अपमानको इतिहासबाट मुक्त गरोस् अग्रगामी निकास देओस्।’

Comments

One response to “एकीकृत समाजवादीको निष्कर्ष- सत्ताधारीहरू नालायक र अनुत्तरदायी हुँदैछन्, सडक अराजक र पपुलिष्ट हुँदै छ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    तिमीहरूजस्ता विदेशीका भाडाका टट्टुहरूले सडकलाई अराजक बनाईरहेका छन् । मलजल तिमीहरूले नै गरिरहेका छौ ।बाहिर फुर्ति लगाउँदै, झुट कुरा गर्दै हिडन लाज लाग्दैन नकचराहरू ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *