साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ ।

भारतको आसामका स्थायी बासिन्दा उहाँको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताए ।

‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गर्नुभएका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित भएका थिए ।

भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।

Comments

One response to “साहित्यकार लीलबहादुर क्षेत्रीको निधन”

  1. ksp pyl Avatar
    ksp pyl

    हार्दिक श्रद्वान्जली । विदेशमा बसेर पनि नेपाली भाषा साहित्यमा महत्वपूर्ण योगदान गर्नुभएकोमा गर्व गरिएको छ । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *