अनुमति नलिई सडकबाट फोहोर नछान्न महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति नलिई सडकबाट फोहोर उठाउने तथा छान्ने काम नगर्न आग्रह गरेको छ । महानगरको वातावरण व्यवस्थापन विभागले एक सूचना जारी गरेर महानगरको अनुमतिबिना सडकबाट फोहोर नछान्न आग्रह गरेको हो ।

महानगरपालिका क्षेत्रभित्रको नगरजन्य फोहरमैला अन्तर्गत अजैविक (सुख्खा) फोहर व्यवस्थापनका लागि विभिन्न सात क्षेत्रमा सुख्खा फोहर मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।

सोही कारणले महानगरपालिकाको अनुमति नलिई व्यवसायिक संस्थाहरू, चोक तथा सडकबाट व्यवसायिक रूपमा फोहर उठाउनेरछान्ने कार्य नगर्न नगराउन सूचना जारी गरेको विभागले जनाएको छ ।

सूचनालाई अटेर गरी यस्ता कार्य गरेको भेटिएमा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ र दफा ३९, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ र दफा ५२ एवं काठमाडौं महानगरपालिकाको चालु आर्थिक वर्षको आर्थिक ऐन बमोजिम कसुरअनुसार जरिवाना गरिने महानगरले जनाएको छ ।

चाेक सडकमा थुपारिएकाे फाेहाेरहरु कवाडीवालाहरुले छानेर  लैजाने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *