काठमाडौं । गिनिज बुक वर्ल्ड रेकर्ड राख्न सफल अर्पण शर्माको १ दिने मेमोरी पावर सेमिनार अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले आयोजना गरेको छ ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा अनेरास्ववियु पूर्वअध्यक्ष माधव ढुङ्गेल प्रमुख अतिथि रहेको कार्यक्रममा जनप्रशासन क्याम्पसमा बिपिए, एमपिए अध्ययनरत करिब ४५० भन्दा बढी विद्यार्थीहरू उपस्थित थिए । कार्यक्रम साढे ३ घण्टा बढी समयसम्म चलेको थियो।
स्ववियु सभापति अग्र बहादुर शाहीले यस्तो प्रकारका कार्यक्रम गरेर विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सधैँ प्रयास गरिरहने बताए । उनले यसअघि पनि नमुना युवा सांसद कार्यक्रम मक टेस्ट, विज्ञ कक्षा, क्यालेन्डर प्रकाशन, पुराना प्रश्न पत्रहरूको संग्रह प्रकाशन निःशुल्क वितरण लगायतका कार्यक्रम गरेको स्मरण गरे ।
शाहीले भने, ‘हाम्रो प्रमुख उद्देश्य विद्यार्थीहरूलाई उच्चस्तरीय शिक्षा प्रदानमा सहयोग गर्दै उनीहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्याउनु हो, विद्यार्थीहरूको लक्ष्य प्राप्तिका लागि उचित परामर्श र सहयोग गर्नु हो, देशकै उत्कृष्ट विशेषज्ञ प्रशिक्षकहरूको मार्गदर्शनमा उन्नत शिक्षा प्रदान गर्ने वातावरण निर्माणमा सहयोग पुर्याउन हो, अनुशासन र मर्यादालाई प्राथमिकतामा राखेर गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण निर्माण गर्ने हो तर त्यो आकुल व्याकुल पार्ने अवरोध असहजताको कारण सत प्रतिशत कार्य गर्न सकिएन फलस्वरूप यस प्रकारका अति उत्कृष्ट कार्यक्रम अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले गर्न पर्यो ।’
नेपालका विभिन्न सार्वजनिक संस्थानहरूमा विभिन्न पदहरूको प्रतिस्पर्धाका लागि सहयोगी विविध तयारी कक्षाहरू सञ्चालन गर्ने पनि उनले बताए ।
नेपालमा सार्वजनिक सेवा परीक्षामा सफलता प्राप्तिका लागि तयारी कक्षाहरू अनलाइनको माध्यमबाट सञ्चालन भइरहेको उल्लेख गर्दै उनले अब भौतिक रूपमै व्यवस्थित ढङ्गबाट सञ्चालन हुने बताए ।
हरेक शुक्रवार मक टेस्ट, लाइभ क्वीज कार्यक्रम, हाजिरी जवाफ, स्टाटिक्सका कक्षा, थेसिस लेखनका कक्षा,लोकसेवा लेखन सिपका कक्षाहरू पनि सञ्चालनमा रहेको उनले बताए ।


Leave a Reply