रुपन्देही । लुम्बिनी प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।
नेपाली अन्डर-१९ का कप्तानसमेत रहेका खनालको नेतृत्वको टोलीमा आकाश त्रिपाठी, मिन्राल गुरुङ, प्रज्ज्वल थापा, मनिष थापा, सम्राट भुसाल, सुशान्तसिंह थापा, नरबहादुर सार्की, वीरबहादुर घर्ती, रमेश कुर्मी, निर्मल गुरुङ, अजय चौहान, कृष्ण कार्की, सल्लाउदिन खान र विपर्शन केसी रहेका छन् ।
अतिरिक्त खेलाडीमा तुलबहादुर थापा, राजेन्द्र बम, रौनक श्रीवास्तव, दिनेश बोहोरा र मो. हुसेन छनोट भएका छन् । टीमको प्रशिक्षकमा वसन्त शाही, म्यानेजरमा शंकर राना र भिडियो एनालिस्टमा कृष्ण भुसाल छन् ।
प्रतियोगिता आइतबार तिलोत्तमाको एक्स्ट्राटेक ओभल मैदानमा सुरु हुँदैछ । लुम्बिनीले पहिलो खेल उद्घाटनकै दिन सिद्धार्थ रंगशालामा कोशी प्रदेशसँग खेल्नेछ । यस पटकको प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर लुम्बिनीका रुपन्देही र दाङका मैदानमा हुँदैछ । फाइनल खेल भैरहवाको सिद्धार्थ रंगशालामा हुनेछ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीसहित १० टीमको सहभागिता रहनेछ । एक्स्ट्राटेकमा १५, भैरहवामा १७ र लमहीमा १४ वटा खेल हुनेछन् ।

Leave a Reply