महोत्तरीबाट माओवादीको सन्देश- मधेसवादी दल नातावाद कृपावादमा रमाए, अब हामी नेतृत्व गर्छाैं

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरूले मधेसवादी दलहरूले अब मधेसको नेतृत्व गर्न नसक्ने भएकाले माओवादीको विकल्प अरू नभएको दाबी गरेका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माओवादी जनयुद्ध र मधेस आन्दोलनका कारण मधेसी जनताले पहिचान, संघीयता, समावेशी, समानुपातिक अधिकार पाएको बताए ।

उनले मधेसवादी दल विभाजन र नातावाद कृपावादले अब मधेसको नेतृत्व गर्न सक्ने अवस्था नरहेकाले परिवर्तनको रक्षा गर्न माओवादीलाई बलियो बनाउने बेला आएको बताए ।

माओवादीका उपमहासचिव गिरिराजमणि पोख्रेलले सीमा क्षेत्रका जनताले राष्ट्रियताको रक्षा गरे पनि राज्यले सीमा क्षेत्रको विकास नदिएको बताए । पार्टीले जनताको जीवन रूपान्तरण गर्ने कार्यक्रम अघि बढाउने बताए ।

अर्का उपमहासचिव जनार्दन शर्माले पार्टी रूपान्तरणसहित जनताको बीचमा फर्केको बताए । जनताको जीवन रूपान्तरण नै पार्टीको अबको अभीष्ट भएको उनको भनाइ छ ।

पार्टी उपमहासचिव एवं मधेस प्रदेश इन्चार्ज मातृका यादवले पार्टीले सत्तामुखी होइन जनतामुखी हुने नीति लिएपछि मधेसी जनतामा आकर्षण फर्कन थालेको जिकिर गरे। उनले अब मधेसलाई लाल मधेस बनाउने उद्घोष गरे ।

Comments

One response to “महोत्तरीबाट माओवादीको सन्देश- मधेसवादी दल नातावाद कृपावादमा रमाए, अब हामी नेतृत्व गर्छाैं”

  1. ksp pyl Avatar
    ksp pyl

    नौटंकीको चटक खुबै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *