अमेरिकाबाट आएको रकम कसले कति दुरुपयोग गरे, सरकारले श्वेतपत्र जारी गरोस् : सांसद खतिवडा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भएको भन्दै चलिरहेको चर्चाको विषयमा सरकारलाई ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै अमेरिकाबाट सहयोग रकम कति आएको हो र ककसले प्रयोग गरे भन्ने श्वेतपत्र जारी गर्न सरकारसँग माग गरे।

उनले भने, ‘एनजिओ र आएनजीओ रूपमा आएका र अन्य काममा काममा प्रयोग भएका कति छन्, त्यो दुरुपयोगलाई लिएर सारा नेपाललाई नै बदनाम गर्ने गरिएको छ। त्यसबारे सरकारले श्वेतपत्रको रूपमा जारी गरोस्।’

उनले अमेरिकाले अवैध रूपमा बसेकाहरूलाई अमानवीय रूपमा फर्काएको भन्दै असन्तुष्टि जनाए। उनले पत्रकारहरूले प्रश्न गरेकै आधारमा पत्र निलम्बन गरिएको विषयमा पनि सत्य तथ्य सदनलाई जानकारी गराउन माग गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *