काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा फागुन २५ गते त्रिभुवन विमानस्थलमा सबैलाई भेला हुन आह्वान गरेका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहिएको बताए ।
उनले भने, ‘हामीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहिन्छ भनिरहेका छौँ। कार्यकारी प्रधानमन्त्री रहने अहिले राष्ट्रपतिको ठाउँमा राजा रहने, यसले देशको राष्ट्रिय एकतालाई संसारभर मुलुकको इज्जत र प्रतिष्ठालाई जोगाइराख्न राजसंस्थाबाहेक अरू कसैले सक्दैन ।’
उनले आज राष्ट्रपतिको कहीँ कतै सम्मान नभएको बताए । उनले इज्जत भनेको के हो रु पूर्वराजाको भुटान भ्रमण हेर्न आग्रह गरे । उनले केपी ओलीलाई झापाका जनताले सांसद मात्रै बनाएको भन्दै जुम्ला, डडेलधुराका जनताले प्रधानमन्त्रीको रूपमा भोट नहालेको बताए ।
उनले १६४ निर्वाचन क्षेत्रको जनताले ओलीलाई प्रधानमन्त्रीको रूपमा भोट नहालेको भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताए । उनले प्रदेशलाई खारेज गर्नुपर्ने भन्दै अब पनि राजनीतिक दलहरू नयाँ सम्झौतामा नआए देश अफ्ठेरोमा पर्ने जिकिर गरे ।

Leave a Reply