गृहका ७ सहसचिवको सरुवा, ६ जिल्लामा सीडीओ पठाइयो (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । प्रमुख जिल्ला अधिकारी रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो ।

विहीबार बिहान गरिएको सरुवा अनुसार बाँकेको सीडीओमा धर्मराज जोशी र खोटाङमा नरहरि घिमिरेको सरुवा भएको छ । त्यस्तै ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई खटाइएको छ ।

सरुवा भएका ७ जनामध्ये रामकृष्ण अधिकारी नुवाकोटबाट गृह मन्त्रालयमा ल्याइएका छन् भने शशीधर घिमिरेलाई नुवाकोट पठाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *