घटेको बजारमा तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए 

काठमाडौं । बुधबार दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । तीन कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको हो ।

नेप्सेका अनुसार आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २९६८ रुपैयाँ पुगेको छ । यसका साथै आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १५२० रुपैयाँ पुगेको छ । बुधबारको कारोबारमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता १९२२ रुपैयाँ पुगेको छ ।

आज नेप्से २५.१६ अंकले घटेर २ हजार ८ सय २१ दशमलव १३ विन्दुमा बन्द भएको छ । आज १० अर्ब ९७ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा ६२ कम्पनीको शेयरमूल्य बढ्दा १७४ वटाको घटेको छ ।

ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य ६.८४ प्रतिशतले घटेको छ । आज हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ९६ करोड ७० लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *