काठमाडौं । सार्क तथा आसियान क्षेत्रका सात देशहरुको साझा संस्था बिमस्टेकको मास्टर प्लानमा पोखरा र भैरहवाका विमानस्थलहरु अटाएका छन् ।
एसियाली विकास बैंक र बिमस्टेकले तयार गरेको यातायात कनेक्टिभिटीको बिमस्टेक मास्टर प्लानमा यि दुई परियोजनाहरु अटाएका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई अपग्रेड गर्नेदेखि लिएर नेपालका पछिल्ला दुई अन्तराष्ट्रिय विमानस्थलहरु बिमस्टेकको मास्टर प्लानमा परेका हुन् ।
एसियाली विकास बैंकको आधिकारिक वेबसाइटमा यसबारेमा उल्लेख गरिएको छ । यहि अप्रिल २ बाट ४ सम्म थाइल्याण्डमा बिमस्टेकको शिखर सम्मेलन हुँदैछ ।
नेपाल सहित भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्याण्ड सदस्य भएको बिमस्टेकको मास्टर्स प्लानमा पोखरा र भैरहवा विमानस्थल अट्नु सकरात्मक सन्देश भएको बताउँछन् नेपाल नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशक हंस राज पाण्डेय ।
‘अहिले पनि बिमस्टेकको देश थाइल्याण्डबाट उडान भैरहवामा भइरहेको छ’, प्राधिकरणका प्रबक्ता समेत रहेका पाण्डेयले नेपाल प्रेससँग भने, ‘अरु देशहरुमा पनि जोड्न हामी उत्साहित छौं ।’

Leave a Reply