कैलाली । कोरोना रोकथामका लागी कैलालीमा जारी निषेधाज्ञा एक साता थप गर्न सिफारिस गरिएको छ। जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञा एक साता थप गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी हिरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले जेठ १३ गते सम्म निषेधाज्ञा जारी राख्न सिफारिस गरेको हो।
यही निर्णयको आधारमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्ने छन् । कैलालीमा अब चौथो पटक निषेधाज्ञा हुन लागेको हो । तेस्रो पटक जारी भएको निषेधाज्ञा जेठ ६ गते सम्म रहेको छ ।

Leave a Reply