खाना पकाउने ग्यासमा बढेको मूल्य उपभोक्ताले तिर्नु नपर्ने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लामो छलफलपछि एलपी ग्यासको प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा मूल्य बढाउने सहमति भयो । नेपाल आयाल निगम र ग्यास उद्योगीबीच मूल्य बढाउने सहमति भए पनि उपभोक्तामाथि भने उक्त भार नथपिने भएको छ ।

नेपाल आयाल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भने, ‘प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा मूल्यवृद्धि भए पनि त्यो उपभोक्ताले तिर्नुपर्दैन । थप मूल्य निगमले नै व्यहोर्नेछ । निगमको सञ्चालक समितिले बैठक उक्त निर्णय लागू गर्नेछ ।’

नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अहिले प्रतिसिलिन्डर ३३० रुपैयाँ निगमलाई घाटा छ । ठाकुरले भने, ‘अहिले दैनिक रूपमा १ लाख सिलिन्डर बिक्री हुने गरेको छ । निगमलाई प्रतिसिलिन्डर ३३० रुपैयाँ घाटा छ । उक्त घाटा पेट्रोल, डिजेल र हवाई इन्धनबाट मेकप भइरहेको छ ।’

याे पनि पढ्नुस्: खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर १२ रूपैयाँ बढ्यो, व्यवसायीसँग अरु के-के भयो सहमति ? (भिडिओ)

निगमका अनुसार उद्योगीसँगको सहमतिअनुसार बढेको मूल्य जोड्दा प्रतिसिलिन्डर ३४२ रुपैयाँ ७५ पैसा घाटा हुनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, नेपाल आयाल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट र ग्यास व्यवसायीबीच ५ बुँदे सहमति भएको हो ।

उक्त सहमतिअनुसार आन्तरिक र बाह्य ढुवानी भाडा समायोजन भएको छ । व्यवसायीले कमिसन २.५ बाट ५ प्रतिशत बढाउन गरेको मागका सन्दर्भमा भने निगमले उपसमिति बनाएको छ । उपसमितिलाई समय भने नतोकिएको भट्टले नेपाल प्रेसलाई बताए ।

Comments

One response to “खाना पकाउने ग्यासमा बढेको मूल्य उपभोक्ताले तिर्नु नपर्ने”

  1. Laleek Avatar
    Laleek

    हार्दिक शुभकामना छ, उपभोक्तालाई सहयोग पुर्याएकोमा, जनताको सरकार भएको अनुभूति भएको छ, धन्यवाद सरकार ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *