विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा भएको झडपपछि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठन देउवा पक्षले मोहम्मद तानवीरलाई सभापति घोषणा गरेको समिति छ ।
क्याम्पसमा भएको झडपपछि पार्टी सभापति देउवा पक्षले मोहम्मद तानवीरलाई सभापति बनाएको घोषणा गरेको हो ।
देउवा पक्षका १२ जना केन्द्रीय सदस्यहरूले नेविसंघ मोरङको अध्यक्षमा मोहम्मद तनवीरलाई चयन गरेको चिठी दिएको छ । नेपाल विद्यार्थी संघको विधान २०२७ बमोजिम अध्यक्ष चयन गरेको सो पक्षको दाबी छ ।
सो पक्षका केन्द्रीय सदस्यहरू अङ्कित भट्टराई, सुविन पराजुली, अभिषेक भट्टराई, विकास भण्डारी, दिपेन रौनियार, रोशन पराजुली, लक्ष्मीनारायण अधिकारी (सरोज), प्रमिला ढकाल (एरिका), सुमन ढकाल, दिवाकर यादव, विवेक लिम्बू र प्रज्वल पौडेलले तनवीरलाई अध्यक्ष चयन गरेको पत्र समेत दिएका छन् ।
नेविसंघको आधिकारिक अध्यक्ष भने सरोज पोखरेल हुन् । बिहीबार महेन्द्र मोरङ क्याम्पसमा इकाइ कमिटी गठन गर्ने क्रममा झडप भएको थियो । सो झडपमा पोखरेलसहित तीन जना घाइते भएका थिए । मोरङ नेविसङमा कोइराला पक्षको वर्चस्व रहँदै आएको छ ।


Leave a Reply